images
images

सुदूरपश्चिमको किचलो अन्त्य, दीर्घ सोडारीलाई एमालेको समर्थन

  • ६ बैशाख २०८१, बिहीबार १६:०५

नेकपा एमालेले सुदुरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकिकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ ।
एमाले संसदीय दलका नेता राजेन्द्र रावलले आज दिउँसो मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका हुन् । सोडारीले सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेपनि एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए । एमालेले हिजो सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने अडान लिएपछि प्रदेश प्रमुख नजिर मियाले दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।

प्रदेश प्रमुखले दिएको समयको अन्तिमतिर एमालेले समर्थन दिएपछि सोडारीलाई मुख्यमन्त्रीमा दाबी पेश गर्ने बाटो खुलेको हो । एमालेको समर्थन लगत्तै सोडारीले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।