images
images

एमाले दोलखाको चुनावी रणनीति, अन्य पार्टीवाट आएकालाई जिल्ला कमिटीको जिम्मेवारी

  • १ कार्तिक २०७९, मंगलवार १५:२७

जिरी(दोलखा) । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन करिव एक महिना मात्रै बाँकी रहेका बेला नेकपा एमाले दोलखाले जिल्ला कमिटी विस्तार गरेको छ ।

एमाले जिल्ला कमिटी दोलखाको हिजो बसेको बैठकले कमिटी विस्तार गर्दै १ सय २५ सदस्य पुर्याएको हो । वैठकले ९ जना नेताहरुलाई जिल्ला कमिटीमा मनोनयन गरेको छ । एमालेले जिल्ला कमिटी विस्तार गर्दा अन्य पार्टी परित्याग गरी आएकालाई प्राथमिकता दिएको छ ।

एमाले फुटेर बनेको नेकपा एकिकृत समाजवादीवाट पुनःएमाले फर्किएकालाई पनि जिल्ला कमिटी सदस्यमा मनोनयन गर्दै विशेष जिम्मेवारी दिईएको छ । जिल्ला कमिटीमा मनोनयन भएका ९ मध्ये ६ जना अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने रहेका छन् । एमालेले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाबाट आएकालाई मुख्य प्राथमिकतामा राखेर जिम्मेवारी बाँडफाड गरेको हो ।

एमाले जिल्ला कमिटी सदस्यमा मनोनित हुनेमा वैतेस्वरका छविलाल मोक्तान, जिरी नगरपालिकाका केशवकुमार कार्की (माडे), ज्ञानवहादुर जिरेल र सूर्यवहादुर बस्नेत, मेलुङ गाउँपालिकाका निराजन आचार्य र शिवहरी थापा, कालिन्चोकका डम्वर आचार्य, भीमेस्वर नगरपालिकाकी मेनुका सुवेदी र गौरीशंकर गाउँपालिकाका बद्री बुढाथोकी छन् । तीमध्ये सुवेदी, बुढाथोकी र थापा एमालेमै सक्रिय थिए भने बाँकी ६ जना अन्य पार्टीवाट एमाले प्रवेश गरेका हुन् ।

एमालेले जिल्ला कमिटी विस्तार गर्दा अन्य पार्टी परित्याग गरी आएकालाई प्राथमिकता दिएको छ । एमाले फुटेर बनेको नेकपा एकिकृत समाजवादीवाट पुनःएमाले फर्किएकालाई पनि जिल्ला कमिटी सदस्यमा मनोनयन गर्दै विशेष जिम्मेवारी दिईएको छ । जिल्ला कमिटीमा मनोनयन भएका ९ मध्ये ६ जना अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने रहेका छन् । एमालेले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाबाट आएकालाई मुख्य प्राथमिकतामा राखेर जिम्मेवारी बाँडफाड गरेको हो ।

वैतेस्वरका छविलाल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए भने जिरीका केशवकुमार कार्की (माडे) नेकपा एकिकृत समाजवादी छाडेर एमालेमै फर्किएका युवा नेता हुन् । जिरीकै ज्ञानवहादुर जिरेल कांग्रेसवाट र सोही स्थानका सूर्यवहादुर बस्नेत राप्रपा परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । मेलुङका निराजन आचार्य र कालिन्चोकका डम्वर आचार्य पनि नेकपा एस परित्याग गरी एमालेमा फर्किएका हुन् । एमाले जिल्ला कमिटी सचिव हिरा थोकरले यसअघि जिल्ला कमिटी बन्दा छुटेका नेता र अन्य पार्टीवाट आएका जिम्मेवार नेताहरुलाई जिल्ला कमिटीमा मनोनित गरिएको जानकारी दिनुभयो ।

दोलखा एमालेको १ सय १६ सदस्यीय जिल्ला कमिटी थियो । अहिले ९ जना सदस्य थपिएसँगै जिल्ला कमिटी १ सय २५ सदस्यीय बनेको छ । निर्वाचनको मुखमा जिल्ला कमिटी बिस्तार गर्नुलाई चुनावी रणनीतिको रुपमा बुझिएको छ । एक्लै चुनावी मैदानमा रहेको एमालेले प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटी र प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर ‘क’मा नर बहादुर श्रेष्ठ तथा ‘ख’मा भरत केसीलाई चुनावी मैदानमा उतारेको छ । यतिखेर एमाले बैठक, छलफल र भेटवार्तामा व्यस्त देखिएको छ ।

पार्टीका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्रीद्धय आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ पनि अहिले निर्वाचनलाई लक्षित गरी निर्वाचन केन्द्रित अभियानमा सक्रिय रुपमा लागिपरेका छन् ।