images
images

मुलुकका बिभिन्न स्थानमा ठुलो हावाहुरी, महाशाखाद्धारा चेतावनी जारी

  • ८ बैशाख २०८१, शनिबार १४:०६

काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाले मुलुकका विभिन्न स्थानमा ठुलो हावाहुरी चलिरहेको भनदै २४ घण्टे चेतावनी जारी गरेको छ ।

महाशाखाले आज काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा ठुलो हावाहुरी चलिरहेकाले आगमी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको हो । महाशाखाका अनुसार हाल बागमती प्रदेशका साथै कोसी, बागमती र लुम्विनी प्रदेशका विभिन्न स्थानहरुमा हावाहुरी चलिरहेको छ । गणीतीय मौसम पुर्वानुमान अनुसार आजदिउँसो तराईका केही भूभागमा २४ मिटर प्रतिसेकेण्ड सम्मको हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्विनी र बाँकी प्रदेशका केही स्थानमा हावाहुरीका साथै पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको समेत सम्भावना रहेकाले सो क्षत्रका दैनिक जनजिवन लगायत कृषी, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।