images
images

आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाईते

  • ८ बैशाख २०८१, शनिबार १६:४५

काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित चोभारमा आगो निभाउनका लागि गएको दमकल दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।
आगो निभाउन गएको दमकल दुर्घटनामा परि चालकसहित ६ जना गम्भिर घाईते भएका हुन् । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानको निवास नजिकै आगलागी भएपछि सो आगो निभाउन गएको दमकल दुर्घटनामा परेको हो । दमकल महानगरपालिकाकै भएको र थप विवरण आउन बाँकी रहेको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।