images
images

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा अत्यावश्यक बाहेकका सेवा बन्द

  • ७ माघ २०७८, शुक्रबार ११:३६

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले आज एक सुचना जारी गर्दै भोलि अर्थात् माघ ८ गतेदेखि १४ गतेसम्म कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिनुभयो । कार्यालयले अत्यावश्यक सेवा बाहेकका कार्यालयबाट प्रदान हुने अन्य नियमित सेवाहरु नयाँ नागरिकता वितरण प्रतिलिपि वितरण, संघसंस्था तथा हातहतियारसम्बन्धी कार्यहरु, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परिचय पत्र बनाउने कार्य बन्द गरेको हो । कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गेरेकोे हो ।