images
images

एकै पटक १४१ जना डिएसपीको सरुवा, दोलखामा रानीपोखरीबाट युवराज खड्का आउने

  • ८ चैत्र २०८०, बिहीबार ०८:२०

जिरी(दोलखा) । दोलखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काको सरुवा भएको छ ।

डिएसपी खड्काको नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय ठिमीमा सरुवा भएको हो । उनको स्थानमा नयाँ डिएसपीको रुपमा उपत्यका प्रहरी कार्यालय उजुरी छानविन तथा मानव अधिकार शाखा रानीपोखरीबाट युवराज खड्का आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले एकै पटक १ सय ४१ जना डिएसपीको सरुवा गर्दा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक सहित विभिन्न जिल्लाको डिएसपीहरुको पनि सरुवा भएको छ । जसअनुसार रामेछापका डिएसपी होम बहादुर पराजुलीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रिय कार्यालय टंगाल प्रहरी महाशाखा सरुवा भएको छ । उनको स्थानमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विश्लेषण शाखा नक्साल काठमाडौंबाट प्रदिप कुमार सिंह आउने भएका छन् । यस्तै, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी गणेश बहादुर श्रेष्ठको इलाका प्रहरी कार्यालय पथरी मोरङमा सरुवा भएको छ । सिन्धुपाल्चोकमा भने नेपाल प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी, अन्वेषण योजना शाखाबाट निरञ्जन भट्टराई आउने भएका छन् ।

सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालको बागमती प्रदेश प्रहरी कार्यालय हेडौंडा मकवानपुर अपराध अनुसन्धान सहायता शाखामा सरुवा भएको छ । उनको स्थानमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवनबाट अनिल कुमार खड्का आउने छन् ।

हेर्नुहोस, कसको कहाँ सरुवा ?