images
images

१६ जना प्रहरीलाई एक सातामा सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको निर्देशन

  • १० बैशाख २०८१, सोमबार ०८:३५

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरीलाई एक सातामा सम्पर्कमा आउन निर्देशन दिएको छ ।

आफूखुसी गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै कार्यालयले आज सूचना जारी गर्दै सम्पर्कमा आउन निर्देशन दिएको हो । विभिन्न पदमा कार्यरत प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिइएको छ । प्रहरीहरुले आफूहरु गैरहाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन र अन्यथा सेवाबाट हटाएर कारबाही गरिने सूचनामा भनिएको छ ।