images
images

काभ्रेपलाञ्चोकमा आगलागीमा परी गम्भीर घाईते भएका युवकको मृत्यु

  • १० बैशाख २०८१, सोमबार ०९:२०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा आगलागीमा परी गम्भीर घाईते भएका युवकको मृत्यु भएको छ ।

तेमाल गाउँपालिका–९ सिन्धुटारमा आगलागी हुँदा मकवानपुर छतिवन गाउँपालिका–७ माईमाछाका ३२ वर्षीय रामकाजी क्षेत्रीको गएराति मृत्यु भएको हो । मुक्पाटार चोपाटार खानेपानी योजनाको पाईप वल्डिङ गर्ने क्रममा अचानक वल्डिङ मेसिनमा आगलागी हुँदा उनको शरीरको विभिन्न भागमा जलेर गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका उनको उपचारको क्रममा किर्तिपुर बर्न अस्पताल लगेकोमा डाक्टरले मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ ।