images
images

गृहमन्त्रीको निर्देशनमा सिन्धुलीका एसपी दुई महिनामै हेडक्वाटर फिर्ता

  • १० बैशाख २०८१, सोमबार १७:०१

काठमाण्डौँ । सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मा हेडक्वाटरमा फिर्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आज शर्मालाई सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एसपी शर्मालाई हेडक्वाटर फिर्ता बोलाउनुभएको हो । व्यावसायिक आचारणमा प्रश्न उठेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) शर्मा हेडक्वाटरमा तानिएको स्रोतले बताएको छ । यद्यपि जिम्मेवारी खोसेर हेडक्वाटर तान्नुको कारणबारे भने प्रहरी प्रधान कार्यालयले केही बताएको छैन । शर्मा दुई महिना अघि गत फागुनमा सिन्धुलीमा सरुवा भएका थिए ।