images
images

रामेछापमा गठबन्धनका उम्मेदवारको अग्रता

  • ६ मंसिर २०७९, मंगलवार ०७:२३

जिरी (दोलखा) । रामेछापमा प्रतिनिधि सभातर्फ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) ले अग्रता लिएका छन् ।

गएराती ११ बजेदेखि सुरु भएको मतगणनामा तामाङको अग्रता कायमै रहेको हो । मतगणना उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को गुम्देलबाट गन्न सुरु गरिएको थियो । गुम्देलको मतगणना सकिएको छ । हालसम्म तामाङले ८ सय ९ मत प्राप्त गरेका छन् । यस्तै, प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार कैलाश ढुंगलले ४ सय ९८ मत ल्याएका छन् । तामाङ ढुंगेल भन्दा ३ सय ११ मतले अगाडि छन् । यस्तै, प्रदेश सभा तर्फ पनि गठबन्धनकै उम्मेदवार अगाडि छन् । नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठले ७ सय २४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले ६ सय ५० मत ल्याएका छन् ।

अहिले उमाकुण्ड गाउँपालिका वडा नम्बर २ को मतगणना जारी छ ।