images
images

आज रङहरुको पर्व होली हर्षोल्लासका साथ मनाईदैँ

  • ११ चैत्र २०८०, आईतवार ०६:१८

काठमाडौं । रंगहरुको पर्व फागुपूर्णिमा अर्थात् होली आज काठमाण्डौँ उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईँदैछ ।

प्रत्येक वर्ष फाल्गुन शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा यो होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिएको हो । भोली भने तराई तथा भित्री मधेशमा जिल्लाहरुमा रङहरुलाई प्रतिविम्वित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसीयालीमा मनाईने होली पर्वमा प्रेमभाव र आत्मीयताका साथ एकआपसमा अबिर तथा रङ दलेर रमाईलो गर्ने परम्परा छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होली पर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । होली पर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यो पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघुलनलाई प्रतिनिधित्व गर्ने समेत बताउनुभयो । दर्शन, सभ्यता, संस्कृति, पर्वहरु एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रुपमा स्थापित भएको उहाँले बताउनुभएको छ ।