images
images

सिन्धुपाल्चोकमा अचेत अवस्थामा फेला परेकी एक युवतीको मृत्यु

  • ११ चैत्र २०८०, आईतवार ०८:५७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकामा एक युवतीको मृत्यु भएको छ ।

साँगाचोकगढी नगरपालिका–५ घलेगाउँकी ३५ वर्षीया सुजता खत्रीको मृत्यु भएको हो । सोही स्थानमा डेरा गरी बस्दै आएका किशोर खत्रीको श्रीमती सुजता आफू सुत्ने कोठमा अचेत अवस्थामा फेला परेकी थिइन् । अचेत अवस्थामा फेला परेकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।