images
images

परोपकार महिला साकोसको नाफा ३० लाख बढी

  • १० आश्विन २०७९, सोमबार १९:४९

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३० लाख बढी नाफा आर्जन गरेको छ ।

परोपकार साकोसले आज ११ औं वर्षिक साधारणसभाको आयोजना गर्दै गत आर्थिक वर्षसम्म ३० लाख ७१ हजार ९ सय ४८ रुपैँया शुद्ध नाफा आर्जन गरेको जानकारी गराएको हो । संस्थाको कुल पुँजी १२ करोड ३५ लाख ७० हजार ५ सय ९१ रुपैयाँ पुगेको छ भने संस्थाको बचत ८ करोड ९९ लाख ९६ हजार ७ सय ६८ रुपैयाँ रहेको छ । यस्तै संस्थाले गत आर्थिक वर्ष ९ करोड ८२ लाख ३१ हजार ६ सय ७० रुपैयाँ ऋण लगानी गरेको छ भने संस्थाको शेयर पुँजी १ करोड २३ लाख १६ हजार पुगेको छ ।

परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष जिल्ला सहकारी संघ, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड लगायतबाट १७ लाख ४७ हजार ४ सय ३१ रुपैयाँ शेयर खरिद गरेको संस्थाकी अध्यक्ष सर्मिला सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको जगेडा कोष ४० लाख ५२ हजार ५ सय ८९ रुपैयाँ रहेको छ । संस्थाका सचिव कल्पना आचार्यले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष भवानी खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।