images
images

सिन्धुलीमा खाल्डोको पानीमा डुबेर बेहोस भएकी बालिकाको मृत्यु

  • १७ चैत्र २०८०, शनिबार ०९:२७

सिन्धुली । सिन्धुलीमा खाल्डोको पानीमा अचानक डुबेर एक बालिकाको मृत्यु भएको छ ।

गोलञ्जोर गाउँपालिका–५ सुगुरेका चन्द्रबहादुर श्रेष्ठकी छोरी १३ वर्षीया महना श्रेष्ठको अचानक पानीमा डुबेर मृत्यु भएको हो । महना खोलामा नुहाउने क्रममा नजिकै रहेको हिउँदमा सिंचाईको लागि पानी जम्मा गर्ने प्रयोजनार्थ खनिएको खाल्डोमा अचानक डुबेर बेहोस भएकी थिइन् । बेहोस अवस्थामा रहेकी उनलाई उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत्त घोषणा गरेको सिन्धुली प्रहरीले जनाएको छ ।