images
images

बागमती सरकारमा एमाले थपलियाको नेतृत्वमा सहभागी हुँदै, आजै मन्त्रीपरिषद विस्तारको तयारी

  • १७ चैत्र २०८०, शनिबार १०:५०

काठमाडौं । सत्ता समीकरण पछि बागमती प्रदेश सरकारमा दलहरू सहभागी गराउने क्रम सुरु भएको छ ।

बिहीबार हाम्रो नेपाली पार्टीलाई सहभागी गराएर सत्ता सुरक्षित गरिसकेपछि मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नेकपा एमालेलाई पनि सरकारमा सहभागी गराउने तयारी गर्नुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले एमालेलाई सहभागी गराएर आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको हो । एमालेबाट एक जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने तय भएको स्रोतले जनाएको छ । आज एक जना मात्रै मन्त्री नियुक्त हुने र चैत १९ मा मुख्यमन्त्रीको विश्वासको मतपछि थप मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी भएको छ । एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ । रिक्त ६ वटा मन्त्रालयमध्ये चैत १५ मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने पक्का भएको छ ।

थपलियाको पद तथा गोपनीयताको शपथ आजै बेलुकी ५ बजे प्रदेश प्रमुख कार्यालयमा हुनेछ । थपलिया दोस्रोपटक मन्त्री बन्न लाग्नुभएको हो । यसअघि २०७९ साल पुस २६ मा मुख्यमन्त्री जम्कट्टेललेनै थपलियालाई अर्थमन्त्री नियुक्त गर्नुभएको थियो । गठबन्धनमा फेरबदल आएसँगै थपलियाले कार्यभार सम्हालेको साढे २ महिनामै सरकार छोड्नु परेको थियो ।