images
images

रामेछापमा पौडी खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर एक युवक बेपत्ता

  • १८ चैत्र २०८०, आईतवार ०९:५३

रामेछाप । रामेछापमा पौडी खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

रामेछाप नगरपालिका–९ का ३२ वर्षीय सुवास तामाङ पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । उनी हिजो सडक निर्माणको लागि सुनकोशी नदीबाट बालुवा निकाली ट्याक्टरमा हाल्न भनी गएका थिए । त्यसपछि गर्मी भयो भनेर नदीमा पौडी खेल्न भनी गएकोमा तामाङ बेपत्ता भएका छन् । बेपत्ता भएका उनको खोजीकार्य जारी रहेको रामेछाप प्रहरीले जनाएको छ ।