images
images

आज अन्तराष्ट्रिय टोपी दिवस मनाइँदै

  • १७ पुष २०७९, आईतवार ०६:५७

काठमाडौं । आज अन्तराष्ट्रिय टोपी दिवस मनाइँदैछ ।
नेपाली टोपीको प्रवद्र्धन गर्नुका साथै शान, पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित सातौं टोपी दिवश मनाउन लागिएको हो । मुलुकमा पश्चिम संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० देखि प्रत्येक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ लाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्दछन् ।