images
images

दोलखाका स्थानीय तहमा ५ वटा अस्पताल धमाधम बन्दै

  • १७ फाल्गुन २०७९, बुधबार १४:३१

दोलखा । दोलखामा २८ महिना अघि शिलान्यास गरिएका ६ वटा अस्पतालमध्ये चार वटा अस्पताल अहिले धमाधम निर्माण भइरहेका छन् ।

सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवा पु¥याउने उदेश्यले २०७७ साल मंसिर १७ गते एकैसाथ तीन सय ९६ वटा आधारभुत अस्पतालको शिलान्यास गरिएको थियो । सोही बेला दोलखामा पनि ६ वटा अस्पताल एकैसाथ शिलान्यास भएको थियो । त्यसमध्ये चार वटा अस्पताल निर्माणाधीन छ भने एउटा निर्माण सम्पन्न भइसकेको छ । तर एउटा अस्पताल जग्गाको लालपुर्जा नभएका कारण निर्माण हुन सकेको छैन । जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा १५ बेड क्षमताको अस्पताल निर्माण भइरहेको छ । एक तला निर्माण भईसकेको अस्पताल बजेट अभावका कारण पुरा हुन सकेको छैन । संघीय सरकारबाट अस्पताल निर्माणका लागि १८ करोड बजेट आउने भनिएपनि एक तला निर्माण भइसकेपछि बजेट नआएकाले अस्पताल निर्माण कार्य पुरा नभएको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताउनुभयो ।

यस्तै, भीमेश्वर नगरपालिकाले चरिकोट अस्पताल परिसरमा १५ शैयाको अस्पताल निर्माण गरिरहेको छ । सो अस्पतालको करिव ६० प्रतिशत काम भइसकेको नगरपालिकाले जनाएको छ । जिल्लाको तामाकोशी गाउँपालिकाको लुमा स्वास्थ्य चौकीमा १० शैयाको अस्पताल धमाधम निर्माण भइरहेको छ । कुल १४ करोड ५७ लाख ४ हजार ३ सय ४० रुपैँयामा सम्झौता भएको सो अस्पताल निर्माणमा हालसम्म ६ करोड १८ लाख ४१ हजार ६ सय ७२ रुपैयाँ बजेट खर्च भइसकेको छ । अस्पतालको अहिले चौथो तलाको निर्माण कार्य भइरहेको तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अरुणकुमार मिश्रले जानकारी दिनुभयो ।

दोलखामा पनि ६ वटा अस्पताल एकैसाथ शिलान्यास भएको थियो । त्यसमध्ये चार वटा अस्पताल निर्माणाधीन छ भने एउटा निर्माण सम्पन्न भइसकेको छ । शैलुङ गाउँपालिकाको बाघखोर स्वास्थ्य चौकीमा ५ शैयाको अस्पताल निर्माण सम्पन्न भएरपनि सञ्चालनमा आएको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

गौरीशंकर गाउँपालिकाको सुरी प्राथमिक स्वास्थ्य केन्द्र रहेको इबिथानमा पनि १५ शैयाको अस्पताल निर्माणकार्य सुरु भएको छ । एक महिना अगाडिबाट अस्पताल निर्माणको काम सुरु भएको हो । ११ करोडमा सम्झौता भएको सो अस्पताल निर्माणमा हालसम्म १ करोड १० लाख खर्च भइसकेको छ । शैलुङ गाउँपालिकाको बाघखोर स्वास्थ्य चौकीमा ५ शैयाको अस्पताल निर्माण सम्पन्न भएरपनि सञ्चालनमा आएको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनसार अस्पतालका लागि दुई तले भवन निर्माण गरिएको छ ।

दोलखाको मेलुङ गाउँपालिकाको भेड्पु स्वास्थ्य चौकीमा ५ शैयाको अस्पताल निर्माणकार्य अलपत्र परेको छ । २८ महिनाअघि अस्पताल निर्माण गर्न शिलान्यास गरेर काम सुरु भइसकेको थियो । सुरुमा संघीय सरकारबाट आएको ७० लाखको काम गरिएको थियो । तर, पछि जग्गाको लालपुर्जा नभएका कारण सरकारले अनुदान रोकेको छ । अनुदान रकम नआएपछि अस्पताल निर्माणकार्य अलपत्र परेको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले जानकारी दिनुभयो । गुठीको जग्गा भएका कारण लालपुर्जा नभएपछि अस्पताल नै निर्माण हुन नसकेको हो । सरकारले पाँच शैयाको अस्पतालका लागि ७ करोड ११ लाख, १० शैयाको अस्पतालका लागि १० करोड ९६ लाख र १५ शैयाको अस्पताल निर्माणका लागि १८ करोड ६ लाख बजेट विनियोजन गरेको थियो । सम्बन्धीत स्थानीय तहले डिपिआर भएको दुई वर्षभित्र अस्पताल निर्माण सक्ने गरी सम्झौता भएको थियो ।