images
images

सिन्धुपाल्चोकमा एमाले र माओवादीका कार्यकर्ताबीच झडप, एकको अवस्था गम्भिर

  • १८ बैशाख २०७९, आईतवार १३:३८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा झडप हुँदा चुनाव प्रचारप्रसारमा हिँडेका नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाईते भएका छन् ।

घाईतेमध्ये पाँचपोखरी थाङपालधाप गाउँपालिका वडा नम्बर ७ भोटे नाम्लाङका जीवन पुरीको अवस्था गम्भिर रहेको छ । उहाँका अनुसार गम्भिर घाईते जीवनलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । नेकपा एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा सोही स्थानका बिनोद पुरी र रोहित गिरी घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको सिन्धुपाल्चोकका प्रहरी प्रबक्ता, प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । माओवादी केन्द्रले चुनावी प्रचारमा खटिरहेका कार्यकर्तामाथि एमाले पक्षबाट आक्रमण भएको भन्दै घटनाको भत्सर्ना गरेको छ ।

नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका अध्यक्ष गोबिन्द पराजुलीले आज प्रेस बिज्ञप्ति जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि कुटपिट भएको भन्दै दोषिमाथी कडा कारवाहीको माग गर्नुभएको छ । माओवादी केन्द्रले पाँचपोखरी थाङपालधाप गाउँपालिका ७ का एमाले वडाअध्यक्षका उम्मेदवार सु्के तमाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी आफ्ना कार्यकर्तालाई घाईते भएको आरोप लगाएको छ ।