images
images

दोलखामा पहिलो पटक देखियो डेङ्गु

  • १६ भाद्र २०७९, बिहीबार १६:३७

दोलखा । दोलखामा तीन जनामा डेङ्गु संक्रमण देखिएको छ ।

लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु रोग यो बर्ष पहिलो पटक दोलखाको मेलुङ गाउँपालिकाका तीन जनामा देखिएको हो । उच्च ज्वरो लगायतका स्वास्थ्य समस्या देखिएपछि सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा परीक्षण गर्न आएका उनीहरुमा डेङ्गु संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये दुई जनाको उपचार भैरहेको र एक जना डिस्चार्ज भएको अस्पतालका डक्टर बिनोद दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पनि एकजनामा डेङ्गु देखिएको थियो ।