images
images

सिन्धुपाल्चोकका ४१ पहिरो पिडितले पाए २ वर्षपछि लालपुर्जा

  • २१ माघ २०७९, शनिबार ११:२१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका ४१ पहिरो पिडितले लालपुर्जा पाएका छन् ।
जुगल गाउँपालिका वडा नम्बर २ लिदी लामाटोलको २ सय ९ पहिरोपिडितमध्ये ४१ परिवारले २ वर्षपछि स्थायी आवास निर्माणका लागि लालपुर्जा पाएका हुन् । चौतारा साँगाचोकगढी नगर ४ देउरालीमा जग्गा व्यवस्थापन गरी लिदी लामाटोलका परिवारलाई जग्गाधनी पुर्जा दिइएको हो । प्रतिनिधिसभा क्षेत्र नमबर १ का सांसद माधव सापकोटाले उनीहरुलाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो । तीनै सरकारले पिडितका लागि जग्गा किन्न तीन लाख दिने र आवास निर्माण गर्न ५ लाख दिने सुनिश्चित भएको गाउँपालिकाले जनाएको छ । लालपुर्जा वितरणका लागि संघीय सरकारले ६०, प्रदेश सरकारले ३० र गाउँपालिकाले १० प्रतिशत बजेट छुटयाएको छ ।