images
images

गोकुलगंगामा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु, १२ सय ७४ बालबालिकालाई लगाइँदै

  • २१ फाल्गुन २०८०, सोमबार १५:०४

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा आजदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन भएको छ ।

गोकुलगंगा गाउँपालिकाको सबैै वडाको ६ वटा खोप केन्द्रहरुमा आजदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु भएको हो । आजदेखि सुरु भएको खोप अभियानको पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले शुभारम्भ गर्नुभयो । वडा नम्बर ३ रस्नालुस्थित भीमसेनथान खोप केन्द्रबाट सुभारम्भ गरिएको अभियान अन्तर्गत पालिकाभरका १२ सय ७४ बालबालिकालाई खोप दिइने पालिकाका स्वास्थ्य संयोजक जागिर रायले जानकारी दिनुभयो ।

उपाध्यक्ष उषादेवी कार्की, वडा नम्बर ३ का अध्यक्ष नरविक्रम कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव लगायतको सहभागीतामा आजदेखि सुरु गरिएको दादुरा–रुबेला विरुद्धको खोप अभियान बुधबारसम्म जारी रहनेछ । अभियानमा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाइनेछ । दादुरा–रुबेला विरुद्धको खोप अभियान देशभर फागुन १३ गतेबाट सुरु भएको थियो ।