
दोलखा । बागमती प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ ।
प्रत्यक्षतर्फबाट कांग्रेसका २५ जना सांसद निर्वाचित भएका हुन् । यो प्रदेशमा माओवादी केन्द्र दोस्रो भएको छ भने नेकपा एमाले तेस्रो बनेको छ । माओवादी केन्द्रले प्रदेशसभाका १४ सिट जितेको छ भने एमालेले १३ सिट जितेको छ । राप्रपाले ७, नेकपा एकिकृत समाजवादीले ५, नेपाल मजदुर किसान पार्टीले एक र हाम्रो नेपाली पार्टीले एक सिट जितेको छ ।
वागमती प्रदेशसभामा प्रत्यक्षतर्फबाट ६६ जना सांसद निर्वाचित भएका छन् ।