
ओखलढुंगा । ओखलढुंगामा एक बृद्ध दम्पतीको शव फेला परेको छ ।
मोलुङ गाउँपालिका वडा नम्बर २ लामिडाँडाका ७० वर्षिय हेमप्रसाद दहाल र उनकी श्रीमति ६९ वर्षिया बेदुका दहाल आज मृत फेला परेका हुन् । घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा बृद्ध दम्पतीको शव फेला परेको ओखलढुंगाका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।