images
images

रास्वपाबाट चार युवाले सरकारमा नेतृत्व गर्ने, शिक्षा मन्त्री बन्दै नेतृ सुमना (कसलाई कुन मन्त्रालय)

  • २३ फाल्गुन २०८०, बुधबार १४:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार रास्वपाले आफ्नो भागमा परेको ४ मन्त्रालयमा बन्ने मन्त्रीको नाम टुङग्याएको हो । रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी दिनुभयो । जसअनुसार गृह मन्त्रालयमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय भएको छ ।