images
images

एमाले बागमती प्रदेश सचिवालय सदस्यसहित रामेछापका दर्जनौं नेता–कार्यकर्ता माओवादी प्रवेश

  • २० कार्तिक २०७९, आईतवार २१:१२

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा (एमाले) रामेछापका दर्जनौं नेता–कार्यकर्ता माओवादी प्रवेश गरेका छन् ।

रामेछाप घर भएका नेकपा (एमाले) बागमती प्रदेश सचिवालय सदस्य रामकृष्ण लामाको नेतृत्वमा रामेछाप जिल्ला कमिटी सदस्य, गाउँ कमिटी सदस्यलगायत ४२ जना कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका लामासहितका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज खुमलटारमा स्वागत गर्नुभएको छ ।

माओवादी प्रवेश गरेका एमाले बागमती प्रदेश सचिवालय सदस्य रामकृष्ण लामाले एमाले कम्युनिष्ट नैतिकता र सिद्धान्तबाट पतन भइसकेको भन्दै सो पार्टीमा रहनुको कुनै औचित्य नरहेको बताउनुभयो । नवप्रवेशी लामा लगाएका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबैलाई पार्टीले उचित जिम्मेवारी दिइने बताउनु भयो ।

एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा रामकृष्ण लामासहित एमाले रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा, पूर्व जिल्ला सदस्य हरि बहादुर लामा र बसन्त सागर लामा, गाउँपालिका कमिटी सदस्यहरु रोज बहादुर लामा, रामशरण गौतम, रामकुमार विक लगायत रहेका छन् ।