images
images

नेमकिपाद्धारा बागमती प्रदेशमा प्रमुख प्रतिपक्ष दलको दाबी

  • २४ माघ २०७९, मंगलवार १३:५६

हेटौँडा । बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै नेमकिपाले सभामुखलाई पत्र बुझाएको छ ।
नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले प्रमुख प्रतिपक्ष दलको दावि गर्दै आज प्रदेश सभामुख भुवन कुमार पाठकलाई पत्र बुझाउनुभएको हो । नेमकिपाले माघ ९ गते नै प्रमुख प्रतिपक्षि दलको दाबी गर्दै प्रशेसभा सचिवालय हेटौंडामा पत्र दर्ता गराएको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते सांसदबाट विश्वासको मत लिँदा नेमकिपा बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनितिक दलहरुले पक्षमा मत दिएकाले आफु विपक्षि दल भएको नेमकिपाले दावि गरेको छ ।

सरकारको विपक्षमा मतदान गर्ने दल नेमकिपा नै भएकाले सभामुख समक्ष दाबी पेश गरेको नेमकिपाले जनाएको छ ।