images
images

सिन्धुलीमा एक महिलाको शव फेला

  • २४ फाल्गुन २०८०, बिहीबार ०९:०६

सिन्धुली । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ ।

तीनपाटन गाउँपालिका–४ बालाजोरगाउँमा सोही स्थानकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ । उनी घरबाट बेपत्ता भएको तीन दिनपछि मृत फेला परेका हुन् । गएराती करिब साँढे ९ बजे पाखाबारीमा शव फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा खडकमाया गत २० गतेदेखि बेपत्ता भएको खुलेको प्रहरीले जनाएको छ ।