images
images

दिनदहाडै १५ लाख लुटपाट

  • २५ चैत्र २०८०, आईतवार १३:१३

सिरहा । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ दुई जनाले लुटेका छन् ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार सिरहाको ग्लोबल बैँकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार लुटपाट भएको हो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नकाबधारीले पेस्तोल देखाउँदै सो रकम लुटेका हुन् । सिरहा सदरमुकाममा आज बिहान विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको सो रकम लुटपाट भएको हो । डीएसपी सापकोटाका अनुसार उनीहरु भारततर्फ फरार भएको हुनसक्ने आशंका गरिएको छ । फरार रहेका उनीहरुको खोजीकार्य र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।