images
images

कालिञ्चोकको स्थायी केन्द्र तोक्न मतदानः यी हुन् पक्ष, विपक्ष र तटस्थ रहने जनप्रतिनिधि

  • २२ श्रावण २०८०, सोमबार १८:१७

दोलखा । गाउँपालिकाको स्थायी केन्द्र टुंगो नै नलगाई कालिञ्चोक गाउँपालिकामा पहिलो पटक निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकियो ।

स्थायी केन्द्र नतोकेकै कारण पालिकाको प्रशासनिक भवन लगायतका संरचनाहरु बन्न सकेनन् । तर, दोस्रो पटक निर्वाचित जनप्रतिनिधिले भने लोकतान्त्रिक विधिबाट स्थायी केन्द्रको टुंगो लगाएका छन् । कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीको प्रस्तावमा उपाध्यक्ष कुल बहादुर बुढाथोकीले समर्थन गर्दै सोमबार आयोजित १२ औं गाउँसभामा प्रस्ताव गरेपछि सभाका सदस्यहरु विभाजित भए । कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ को कुविन्डेलाई गाउँपालिकाको स्थायी केन्द्र प्रस्ताव गरिएपनि सहमति नजुटेपछि मतदान प्रक्रियाबाट पालिका केन्द्रको टुंगो लगाइयो । गाउँसभाका ४७ जना सदस्यमध्ये प्रस्तावको पक्षमा ३२ र विपक्षमा ९ जनाले मतदान गरे । गाउँपालिकाका ५ जना सदस्यहरु भने पक्ष र विपक्षमा नलागी तटस्थ रहे । गाउँसभाका एक जना सदस्य जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण सो पद रिक्त थियो ।

रोचक कुरा के छ भने कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र तोक्न भएको मतदानमा दलिय ह्वीप उल्लंघन भएको छ भने गाउँसभाका सदस्यहरुले भौगोलिक आधारमा मतदान गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष शिवाकोटी र माओवादीबाट उपाध्यक्षमा निर्वाचित बुढाथोकीले स्थायी केन्द्रको साझा प्रस्ताव ल्याए पनि कांग्रेस र माओवादीबाट निर्वाचित केही वडाध्यक्ष र गाउँसभाका सदस्यहरुले समेत विपक्षमा मतदान गरेका छन् ।

दोस्रो पटक निर्वाचित जनप्रतिनिधिले भने लोकतान्त्रिक विधिबाट स्थायी केन्द्रको टुंगो लगाएका छन् ।  कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ को कुविन्डेलाई गाउँपालिकाको स्थायी केन्द्र प्रस्ताव गरिएपनि सहमति नजुटेपछि मतदान प्रक्रियाबाट पालिका केन्द्रको टुंगो लगाइयो । गाउँसभाका ४७ जना सदस्यमध्ये प्रस्तावको पक्षमा ३२ र विपक्षमा ९ जनाले मतदान गरे । गाउँसभाले ताकेको स्थायी केन्द्र कुविन्डे दोलखा सिंगटी सडकको बञ्चरे नजिकै पर्दछ । गुमुखोलाको सडकपुल पार गरे लगत्तै सो स्थानमा पुग्न सकिन्छ । सो स्थान वडा नम्बर ४ को भुगोलमा परेपनि वडा नम्बर ७ सँगै जोडिएको छ ।

यस्तै, नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रस्तावको विपक्षमा मतदान गर्न आन्तरिक रुपमा ह्वीप जारी गरिए पनि उनीहरुले समेत पार्टीको निर्देशन अवज्ञा गरेका छन् । एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुले समेत प्रस्तावको पक्षमा मतदान गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुर्यबहादुर आचार्य (बालकृष्ण) सहित वडाका सवै सदस्यले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने वडा नम्बर ६ लापिलाङमा कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष भरत पाण्डे र कांग्रेसबाट निर्वाचित तीन जना वडासदस्यले पनि विपक्षमा मतदान गरेका थिए ।

यस्तै नेकपा माओवादी केन्द्रबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङमा निर्वाचित वडाध्यक्ष सहदेव खड्का र एक जना सदस्य तथा नेपाली कांग्रेसबाट निर्वाचित तीन जना वडा सदस्यहरुले प्रस्तावको पक्ष वा विपक्षमा नउभिई तटस्थ रहेका थिए । विरामी परेका कारण गाउँसभामा उपस्थित हुन नसकेका कालिञ्चोक २ का एक जना वडा सदस्य ढिलोगरी उपस्थित भएर प्रस्तावको पक्षमा मतदान गरेका छन् । गाउँसभाले ताकेको स्थायी केन्द्र कुविन्डे दोलखा सिंगटी सडकको बञ्चरे नजिकै पर्दछ ।

गुमुखोलाको सडकपुल पार गरे लगत्तै सो स्थानमा पुग्न सकिन्छ । सो स्थान वडा नम्बर ४ को भुगोलमा परेपनि वडा नम्बर ७ सँगै जोडिएको छ । यसअघि स्थायी केन्द्र प्रस्ताव गरिएको लापिलाङको पोखरे र हाल सुनखानीमा रहेको अस्थायी केन्द्र दुवै गाउँपालिकाबासीलाई अपायक हुने भएपछि अध्यक्ष शिवाकोटी र उपाध्यक्ष बुढाथोकीले उपयक्त विकल्पका रुपमा कुविन्डेलाई स्थायी केन्द्र तोक्न प्रस्ताव गरेका थिए ।