images
images

आम निर्वाचनका लागि दुई लाख ४६ हजार कर्मचारी खटिने

  • २१ कार्तिक २०७९, सोमबार ०७:५७

काठमाडौं । निर्वाचन आयोगले आम निर्वाचनमा दुई लाख बढी कर्मचारी खटाउँने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारले २ लाख ४६ हजार कर्मचारी खटाउने भएको हो । यो सुरक्षाकर्मी बाहेक निर्वाचनमा खटिने सरकारी जनशक्ति हो । आवश्यकताका आधारमा थप कर्मचारी काजमा लिने सक्ने व्यवस्था पनि छ । निर्वाचन आयोग ऐन तथा निर्वाचन जनशक्ति व्यवस्थापन सम्बन्धी निर्देशिका र कार्यविधिमा टेकेर आयोगले जनशक्ति व्यवस्थापनको योजना तयार गरेको छ । जसअनुसार कतिपय कर्मचारी फिल्डमा खटिन् थालिसकेका छन् ।

यसैबिच, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनितिक पार्टी र समुहले निर्वाचन बहिष्कार गरी निर्वाचन विरोधी गतिविधि र भ्रमण फैलाउन सक्ने भएकाले मुलुकभरको सुरक्षा सतर्कता बढाएर थप सुद्धढ बनाइएको हो । गृह मन्त्रालयले निर्वाचन सुरक्षामा कुनै असर पर्ने गरी गतिविधि भए त्यस्ता समुहलाई तत्काल नियन्त्रण गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षाको पुर्वतयारी योजनाबद्ध रुपमा भइरहेको बताउनुभयो । लोकतन्त्रमा आफ्नो फरक मत राख्न पाउने भए पनि जनताको मताधिकार हनन हुनेगरी कुनै गतिविधि भए तत्काल कानुनी दायरमा ल्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।