images
images

सक्रियता बढाउँदै दोलखा प्रहरी, लागु औषध गाजा सहित बैतेश्वरका युवक पक्राउ

  • २६ चैत्र २०८०, सोमबार १२:५७

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाका एक युवक लागु औषध गाजा सहित पक्राउ परेका छन् ।

प्रहरीले बैतेश्वर गाउँपालिका ५ मैनापोखरी बस्ने अन्दाजी २६ बर्षिय दिपक मिजारलाई लागु औषध गाजा सहित नियन्त्रणमा लिएको हो । किरातीछाप प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक प्रेम बहादुर गिरी नेतृत्वको टोलीले आज बिहान भीमेश्वर नगरपालिका ५ किरातीछाप स्थित जिरी चरिकोट सडक खण्डमा चेकजाँच गर्ने क्रममा मिजारलाई पक्राउ गरेको हो । जिरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ८०३१ नम्बरको बसमा लुकाईछिपाईमा लादै गरेको दुई केजी नौँ सय २२ ग्राम लागु औषध गाजा सहित उनलाई पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मिजारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा राखिएको र बस प्रहरीको नियन्त्रणमा रहेको छ ।