images
images

काभ्रेपलाञ्चोकका एकसहित ६ जनालाई अभद्र व्यवहारको मुद्दा

  • २६ चैत्र २०८०, सोमबार १५:०९

काठमाडौं । काठमाडौंको भद्रकालीबाट पक्राउ गरिएका काभ्रेपलाञ्चोकका एकसहित ६ जनालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको छ ।

काभे्रपलाञ्चोकको महाभारत गाउँपालिका–५ का २८ वर्षीय कुशल थिङ, काठमाडौंको तार्केश्वर नगरपालिका–६ का ३३ वर्षीय भुवन केसी, सुनसरीको ईनरुवा नगरपालिका–४ का ३९ वर्षीय सन्तोष मेहेता लगायतविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको हो । चैत २४ गते प्रहरीले उनीहरुलाई राजेन्द्र महतो, सुमन सायमी र रविन्द्र श्रेष्ठले गरेको प्रदर्शन स्थलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये ६ जनाविरुद्ध थुनामा राखेर अनुसन्धान भइरहेको काठडमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।