images
images

शौचालयभित्र धारिलो हतियार प्रहार गरी युवकको हत्या

  • २६ चैत्र २०८०, सोमबार १५:५१

जनकपुर । जनकपुरमा धारिलो हतियार प्रहार गरी शौचालयभित्र एक युवकको हत्या गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा बस्ने महोत्तरीको एकडाडा गाउँपालिकाका २० वर्षीय प्रिन्सकुमार महासेठको आज शौचालायभित्र हत्या गरिएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले जनकपुरधाम उपमहानगरपालिकाकाको विश्वकर्मा रचौक नजिक डेरामा आज दिउँसो शौचालयभित्र महासेठको हत्या भएको जानकारी दिनुभयो । उहाँका अनुसार हत्या आशंकामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय अर्जुनकुमार साह रहेको स्रोतले जनाएको हो । प्रहरीका अनुुसार पक्राउ परेका साहमाथि र घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।