images
images

सशस्त्र प्रहरीको गोदाममा आगलागी, विद्युत सर्ट भएको अनुमान

  • २६ चैत्र २०८०, सोमबार १८:२९

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गोदाममा भीषण आगलागी भएको छ ।

सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभएको हो । उहाँका अनुसार गोदाममा मुलुकभरकै सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान राखिएको थियो । सो आगलगाी विद्युत सर्ट भएर भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी आगलागी हुनुको कारण भने खुलेको छैन् । आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र सशस्त्र प्रहरी बलको दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

 

Screenshot