images
images

बागमती प्रदेशसभाको बैठक फागुन २९ गते बस्ने

  • २६ फाल्गुन २०८०, शनिबार १२:५९

हेटौँडा । बागमती प्रदेशसभाको चालु अधिवेशनको बैठक यही फागुन २९ गते बस्ने भएको छ ।

फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त निवेदनलाई फागुन २९ गते बस्ने बैठकमा पेश गर्न लागिएको हो । अपरान्ह बस्ने कार्य परामर्श व्यवस्थापन समितिको बैठकमा सो निवेदन पेश गर्न कार्यसूची तय गरिने प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । प्रदेशसभा सचिवालयमा आईतवार अपरान्ह १ बजे बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठक बस्नेछ । बैठकमा बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का मुख्य सचिव, अर्थ सचिव, कानुन सचिव र अर्थविद्हरुसँग प्रदेश सरकारले ल्याएको चालु बर्षको बजेटको विनियोजित सम्बन्धमा सरकार र प्रतिपक्षबीच भएको सहमति कार्यान्वयन गर्न कानुनी अड्चनबारे छलफल हुने वागमती प्रदेश सरकारले जनाएको छ ।