images
images

जिरीमा सम्पन्न महिला भलिबल प्रतियोगिताको उपाधि सहिद स्मृतिलाई

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकामा सम्पन्न महिला भलिबल प्रतियोगिताको उपाधी सहिद स्मृति आवासीय माविले जितेको छ ।

११४ औं अन्तराष्ट्रिय नारी दिवको अवसरमा जिरी नगरपालिकाले आयोजना गरेको जिरी नगरपालिका अन्तर शैक्षिक संस्था स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि सहिद स्मृति आवासीय माविको समूह ‘क’ ले जितेको हो । बौद्ध भुवनेश्वरीलाई पराजित गर्दै सहिद स्मृतिले प्रथम स्थान ओगटेको हो ।

यो सँगै बौद्ध भुवनेश्वरीले उपविजेतामा चित्त बुझाएको छ । सहिद स्मृति आवासीय माविले जिरी नरपालिकामा आयोजना हुने जुनसुकै खेलहरुमा प्रथम स्थान हासिल गर्दै आएको छ । यो पटक पनि सहिद स्मृतिले आफ्नो स्थान पहिलो नम्बरमै कायम गर्न सफल भएको हो । यस्तै, प्रतियोगितामा जिरी प्राविधिक शिक्षालय तृतीय हुँदा सान्त्वना सहिद स्मृति माविकै समूह ‘ख’ भएको छ । प्रतियोगिताका विजेताहरुलाई आजै एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । प्रथम हुने सहिद स्मृति ‘क’ ले ३० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी द्धितीय, तृतीय र सान्वनाले क्रमशः २० हजार, १० हजार र ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । उनीहरुलाई नगरप्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का र वडा सदस्य सुन्तली सुनुवारले पुरस्कार वितरण गर्नुभएको थियो । जिरी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको वार्षिक कार्यक्रम अनुसार नारी दिवशको अवसरमा अन्तर शैक्षिक संस्था स्तरीय महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको शिक्षा शाखा प्रमुख केदार प्रसाद दाहालले जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा जिरी नगरपालिकाभित्रका विद्यालयहरुको ९ वटा टीमको सहभागीता थियो ।