images
images

घरायसी विवादमा छोराको कुटपिटबाट बुबाको मृत्यु

  • २७ चैत्र २०८०, मंगलवार १२:४०

संखुवासभा । संखुवासभामा घरायसी विवाद हुँदा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।

पाँचखपन नगरपालिका–२ गैरीगाउँमा २८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुबा युवराज राईको मृत्यु भएको हो । सामान्य घरायसी विषयमा विवाद हुँदा सुमनले हिजो साँझ बुबा युवराजको शरीरको विभिन्न भागमा कुटपिट गर्नुका साथै ढुंगाले टाउकोमा प्रहार गरेका थिए । छोराको कुटपिटबाट गम्भिर घाइते भएका युवराजलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारीमा लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा युवराजको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाको अनुसार कुटपिटमा संलग्न रहेका समिरलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको छ ।