images
images

काठमाडौँमा राप्रपाको जनप्रदर्शन, निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस र पानीको फोहोरा प्रहार

  • २७ चैत्र २०८०, मंगलवार १४:००

काठमाडौं । काठमाडौँमा राप्रपाको जनप्रदर्शन निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहारा प्रहार गरेको छ ।

४० बुँदे माग राख्दै आन्दोलदनमा उत्रिएका राप्रपाको प्रर्दशनमा प्रहरीले पानीको फोहोरा प्रहार गरेकोे हो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस र पानीको फाहोरा प्रहार गरेको हो । प्रदर्शनका सहभागीहरु भृकुटीमण्डपमा भेला हुने, शहरका विभिन्न स्थान परिक्रम गर्ने र सभा गर्ने कार्यसूची रहेको छ । सभालाई अध्यक्ष राजेन्द्र लिङदेनसहित पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने भएको छ ।

गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।