images
images

राप्रपाको प्रदर्शनमा झडप हुँदा १४ जना घाईते

  • २७ चैत्र २०८०, मंगलवार १५:२४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी १४ जना घाइते भएका छन् ।

विभिन्न ४० बुँदे माग राखेर प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा राप्रपाका १४ जना घाइते भएका हुन् । झडपका क्रममा प्रदर्शनकारीले ढुंगा हान्ने र निषेधित क्षेत्र तोड्न अघि बढ्न खोजेपछि प्रहरीले २ जनालाई नियन्त्रणमा समेत लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिनुभयो ।
प्रहरीले प्रदर्शनकारीमाथि सुरुमा पानीको फोहोरो हानेको थियो । तर, प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको थियो । प्रहरीले लाठी चार्ज गर्दा १४ जना प्रदर्शनकारी घाइते भएका हुन् ।