images
images

दोलखामा गठबन्धनः प्रतिनिधिसभामा कार्की, प्रदेशसभामा काफ्ले र लामाको उम्मेदवारी दर्ता

  • २३ आश्विन २०७९, आईतवार १८:४७

 

दोलखा । दोलखामा सत्ता गठबन्धनले आगामी मंसिर ४ गत हुने निर्वाचनका लागि मनोनयन दर्ता गराएको छ ।

निर्वाचन आयोगले तोकेको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गठबन्धनले मनोनयन दर्ता गराएको हो । जसअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्की ‘विश्व’ ले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेशसभा सदस्यतर्फ प्रदेश ‘क’ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र प्रदेश ‘ख’ मा कांग्रेस दोलखाका सभापति बर्मा लामाले मनोनयन दर्ता गराएका हुन् । गठबन्धन दलहरुबीच प्रतिनिधिसभा माओवादी केन्द्रले र प्रदेशसभा सदस्य नेपाली कांग्रेसले लिने सहमति भएको थियो ।

सत्तारुढ गठबन्धनको निर्णय अनुसार प्रतिनिधिसभामा माओवादी केन्द्रको तर्फबाट कार्कीले मनोनयन दर्ता गराएका हुन् भने प्रदेशसभा सदस्यतर्फ काफ्ले र लामाले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गर्न जानेक्रममा नेता कार्यकर्ताहरुको निकै उत्साहप्रद उपस्थिति रहेको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता अलावा नेकपा एकिकृत समाजवादीका नेता तथा कार्यकर्ता पनि मनोनयन दर्ताको क्रममा आयोजित ¥यालाीमा सहभागि थिए । नेपाली कांग्रेसले अन्तिम समयमा आएर दोलखा प्रदेशसभा ‘ख’ पार्टी जिल्ला सभापति बर्मा लामालाई उम्मेदवार बनाएको हो । यसअघि आज विहान मात्रै पार्टी केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई प्रदेशसभा ‘क’ मा र अर्का केन्द्रीय सदस्य अजयवावु शिवाकोटीलाई प्रदेशसभा ‘ख’ मा उम्मेदवार बनाउने निर्णय भएको थियो ।