images
images

सर्वाेच्चद्धारा प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

  • २६ फाल्गुन २०७९, शुक्रबार १६:४८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न माओवादी अध्यक्ष समेत रहेका प्रचण्डको नाममा आदेश जारी गरेको छ ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल धुव्रलाल श्रेष्ठले बहस गरेका थिए । प्रधानमन्त्री प्रचण्डको तीन वर्ष अघिको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।