images
images

नेपाल पशु चिकित्सा परिषदको परीक्षामा बागमती प्रदेशका ४१ जना उतीर्ण

  • २७ फाल्गुन २०८०, आईतवार ०६:३७

काठमाडौं । नेपाल पशु चिकित्सा परिषदको परीक्षामा ७९ प्रतिशत उतीर्ण भएका छन् ।

परिषदका अनुसार ५३ जिल्लाका २ सय १२ जना परीक्षामा सहभागी भएकोमा ४९ जिल्लाका १ सय ६८ जनाले परीक्षा उतीर्ण गरेका हुन् । सबैभन्दा बढी बागमती प्रदेशबाट ४१ जना र लुम्बिनीबाट ३५ जना उतीर्ण भएका छन् । उतीर्ण हुनेमा पुरुषभन्दा महिलाको संख्या बढी देखिएको परिषदका रजिष्ट्रार डा. मनोजकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल, बंगलादेश र चीनका विभिन्न ९ वटा विश्वविद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।

नेपालमा ३ हजार १ सय ६२ जना पशु चिकित्सकको आवश्यक भए पनि १ हजार ९ सय ७२ जना मात्र दर्ता भएका छन् । नेपालमा पशु चिकित्सा पढाउने जम्मा ४ वटा मात्र कलेज सञ्चालनमा रहेका छन् ।