images
images

भक्तपुरमा मध्यरातमा मोटरसाइकल दुर्घटना, काभ्रेका पुरुषको मृत्यु

  • २७ फाल्गुन २०८०, आईतवार १०:१८

भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलाञ्चोकका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरे रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा आज विहान करिब २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३२प ३३१३ नम्बरको मोटरसाइकल गएराती करिब पौने १ बजे सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुल नजिक दुर्घटना परेको थियो ।