images
images

युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

  • २७ फाल्गुन २०८०, आईतवार १८:०१

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेस संसदीय दलको कार्यसमितिको अपराह्न बसेको बैठकले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले फागुन २९ गते हुने निर्वाचनका लागि शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो । शर्मा लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भएपनि पराजित हुने अवस्था आएपनि नयाँ उम्मेदवार खडा गरिएको छ ।