images
images

इलाममा स्वर्गीय बुबाको विराशत जोगाइराख्ने सुहाङको धोको, पाउँलान् त निर्वाचन लड्ने अवसर ?

  • २७ फाल्गुन २०८०, आईतवार २२:२४

काठमाडौं । सुहाङ नेम्वाङले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य चयनको लागि हुन लागेको उपनिर्वाचन लड्ने इच्छा देखाएका छन् ।

इलाम क्षेत्र–२ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा एमाले पार्टीको तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले इच्छा जाहेर गरेका हुन् । उनी संविधानसभाका अध्यक्ष स्वर्गीय नेता सुवास नेम्वाङका छोरा हुन् । आज दिउँसो उनीसँगै ६ जनाले पार्टीमा उम्मेदवार बन्ने इच्छा राख्दै निवेदन पेश गरेका थिए । गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । एमालेले बनाएको उम्मेदवार छनौट समितिले आकांक्षीलाई आज साँझसम्मको समयसीमा दिएको थियो । भोली बैठक बसेर सर्वसम्मत बनाउने समितिको तयारी छ ।