images
images

बाख्रा चराउन गएका रामेछापका एक युवक खोलामा मृत फेला

  • २७ चैत्र २०७८, आईतवार १८:४९

रामेछाप । रामेछापमा पौडी खेल्ने क्रममा डुबेर एक युवककोे मृत्यु भएको छ ।

जिल्लाको मन्थली नगरपालिका ४ गैराथोक घ्याप्चे रनजोरका १९ वर्षीय सुदिप खत्रीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनको बाख्रा चराउन जाँदा रनजोर खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

आज मध्यान्ह करिब १२ बजे मृत्यु भएको खत्रीको शव पोष्टमार्टमको लागि मन्थली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।