images
images

राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै

  • २८ चैत्र २०८०, बुधबार ०६:३८

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुने भएको छ ।

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो । उपाध्यक्ष पदका लागि नेकपा एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी घिमिरेको प्रस्तावकमा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने रहेका छन् भने समर्थकमा नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामी रहेका छन् ।

यस्तै कांग्रेसकी उम्मेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका छन् । घिमिरे सत्ता गठबन्धनको तर्फबाट भएकाले उपाध्यक्ष पद जित्ने निश्चित छ ।