images
images

सिन्धुपाल्चोकमा जंगलमा पत्कर सोर्ने क्रममा लडेर एक पुरुषको मृत्यु

  • २८ चैत्र २०८०, बुधबार ०९:२०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जंगलमा पत्कर सोर्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ ।

लिसंखुपाखर गाउँपालिका–१ ब्यार्साका ६० वर्षीय लालबहादुर तामाङको मृत्यु भएको हो । घर नजिकैको जंगलमा पत्कर सोर्ने क्रममा उनी लडेर गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका तामाङको टिचिङ अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।