images
images

राष्ट्रिय सभाको उपाध्यक्ष घिमिरेद्धारा शपथ ग्रहण

  • २८ चैत्र २०८०, बुधबार १७:५३

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको हो । राष्ट्रियसभाको बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका थिए ।